:
ज्यान मार्ने कसूरमा संलग्न भई फरार ३ जना पक्राउ: !
मिति २०७९।११।२७ गते अं.१०:१० बजेको समयमा काठमाण्डौ महानगरपालिका वडा नं.१६ बालाजु गंगाहल नजिक सडक छेउमा एकजना व्यक्तिलाई हतियार प्रयोग गरि कुटपिट गरि फरार भएको ३ जना व्यक्तिहरू पक्राउ परेका छैन् ।
पक्राउ परेका व्यक्तिहरूमा: जिल्ला ईलाम चुलाचुली वडा न. ३ घर भई हाल का.जि. तारकेश्वर न.पा. ८ नेपालटार बस्ने वर्ष २० को जेन राई (घाइते सुमन पण्डतको चिनजानको साथी ),
ऐ.ऐ. घर भई बस्ने वर्ष १८ को निसान राई , जिल्ला नुवाकोट बेलकोट न.पा. वडा नं. १० घर भई हाल का.जि. तारकेश्वर न.पा. ८ नेपालटार बस्ने वर्ष २८ को दिनेश तामाङ रहेका छन् ।
पक्राउ परेकाहरु उपर मुलुकी अपराध संहिता २०७४ को ज्यान मार्ने उद्योग गर्न नहुने कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिेएका छन् ।