• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

प्रबर्धन संवादाता


:

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन !

Card image cap

काठमाण्डौ – प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएका छन् । । संसदीय विशेष सुनुवाइ समितिले आज गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्यभार सम्हाल्नुहुने भएका छन् । सुनुवाइअघि उजुरीकर्ताहरुसँग छलफल पनि भएको थियो । श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका थिए। श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका थिए। श्रेष्ठले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पृष्ठको योजना पेस गरेका थिए । श्रेष्ठ १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्ने छन् । २०१६ साल असोज २० मा डोटीको सिलगढीमा जन्मनुभएका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए । २०७३ साल साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका थिए । श्रेष्ठ २०८१ सालको असोज २० गते ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् । 

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved