:
सुनको लेपन/पेष्ट गरिएको कपडा सहित भारतीय नागरिक पक्राउ:
मिति २०८१/०२/२० गते अन्दाजी १४:०० बजे मुम्बईबाट काठमाण्डौ आगमन भएका भारतीय नागरिक वर्ष २७ को गुलषण पाण्डेलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले लगाई आएको भित्री वस्त्र अस्वभाविक देखिन आई X-ray Machine मा Screening गर्दा अन्य कपडाको भन्दा फरक किसिमको आकृती देखिनुका साथै सुन जस्तो देखिने पंहेलो रंगको लेपन/पेष्ट् गरिएको पाईएको र उक्त भित्री वस्त्रलाई नाप तौल गर्दा अन्दाजी ५९८ ग्राम पाईएकोले आवश्यक परीक्षण नाप तौल एवं कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाईएको छ।