प्रबर्धन सम्बादाता २०७९/०३/२१
मन्कीपक्सको प्रकोप विश्वभर दिनप्रतिदिन बढ्दै गएको छ । शुक्रबार, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक विज्ञप्ति जारी गर्दै जुन १५ देखि युरोपमा मन्कीपक्सका घटनामा तीन गुणा वृद्धि भएको बताएको छ। बेलायतमा मे ६ मा पहिलो केस देखिएपछि युरोपभरि अहिलेसम्म ५ हजारभन्दा बढी मानिसमा यो भाइरसको पुष्टि भइसकेको छ ।
हालै, विश्व स्वास्थ्य सञ्जालले मोन्कीपक्सलाई महामारीको रूपमा घोषणा गरेको छ, यद्यपि डब्ल्यूएचओले यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भन्न अस्वीकार गरेको छ। Monkeypoxmeter.com को तथ्यांक अनुसार हालसम्म ६७ देशमा ६,१५७ पुष्टि भएका र शंकास्पद बिरामी पहिचान भइसकेका छन्। बेलायत, स्पेन, संयुक्त राज्य अमेरिका, जर्मनी, फ्रान्स, पोर्चुगल, क्यानडा, नेदरल्यान्ड्स, इटाली र बेल्जियम मोन्कीपक्सबाट प्रभावित शीर्ष १० देशहरूमा पर्छन्।