• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • उत्कृष्ट पत्रपत्रिका र मिडियाहरुबाट
  • बालबालिका
  • English

White line media- पुस महिना ९ गते २०८० साल


:

महिनाबारी हुँदा अत्याधिक पेट दुख्छ ? इण्डोमेट्रिओमा हुन सक्छ ।
Card image cap

डा प्रवीण साहका अनुसार कुनैपनि महिलाहरुमा अनियमित महिनाबारी छ, महिनाबारी हुँदा अत्याधिक पेट दुख्न भने डिम्बासयमा इण्डोमेट्रिओमा को जोखिम हुन सक्छ। ‘महिनाबारी हुँदा अत्याधिक पेट दुखिरहन्छ, महिनाबारी गडबड छ भने दुखाई कम गर्ने औषधीमात्र खाएर बस्नु हुँदैन । विशेषज्ञ डाक्टरलाई देखाउनु पर्छ ।’ अनियमित महिनाबारी हुने सय जना महिनाहरुमा १० प्रतिशतलाई इण्डोमेट्रोमाको जोखिम हुन्छ ।

नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको हो। महिनाबारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रिओमा)लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको हो ।

अप्रेसन हुन्छ भनेपछि उहाँहरु यहीँ आउनु भयो, हामीले ३ वटा प्वाल पारेर ८.८ समीको सिस्ट निकाल्यौं ।’ शल्यक्रियामा संलग्न डा.प्रविण साहले बताए । अप्रेसनमा कलेजका एनेस्थेसियाका डा.असिम गौडेल, रेजिडेन्ट डा.मेलिना असप्रित तथा ओटी स्टाफ इब्राहिम अन्सारीले सहयोग गरेका थिए ।

मधेश प्रदेसकै टर्सरी स्वास्थ्य संस्थाका रुपमा रहेको नेशनल मेडिकल कलेजले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved