• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • उत्कृष्ट पत्रपत्रिका र मिडियाहरुबाट
  • बालबालिका
  • English

सोभन शर्मा ११ / १७ / २०२४


:

डेंगु संक्रमण को वास्तविक सङ्ख्या १० करोड नाघ्न सक्ने !
Card image cap

अनुसन्धानकर्ताहरूले यस वर्षका रेकर्ड डेंगु केसहरूको करिब पाँचौं भाग जलवायु परिवर्तनसँग जोडिएको बताएका छन्। तातो तापक्रमले रोग फैलिनमा भूमिका खेलेको यसै पनि धेरैले लख काटेकै हुन् । डेंगु लामखुट्टे द्वारा सर्ने एक भाइरल रोग हो र यो न्यानो मौसममा अझै बढी फैलिन्छ भन्ने कुराको  खासै चर्चा गर्नु नपर्ला तथापी यस बिसयमा अझ धेरै जानकारी हुनु जरुरी छ जुन यहा हामीले प्रस्तुत गर्ने प्रयास गरेका छौ। 

डेंगु फैलिने तापक्रम के हो ?

स्ट्यानफोर्ड विश्वविद्यालयकी एरिन मोर्डेकाईले डेंगु फैलनका लागि २०-२९°C तापक्रमलाई उपयुक्त मानिएको बताउछिन।  नयाँ अध्ययनले विश्वभरका १९% डेंगु केसहरू जलवायु परिवर्तनकै कारण भएको पत्ता लगाएको छ।

डेंगु रोग को भबिस्य  कस्तो छ त ?

अध्ययनले पेरु, मेक्सिको, बोलिभिया, र ब्राजिलका केही भागमा डेंगु केसहरू आगामी २५ वर्षमा २००% ले बढ्न सक्ने अनुमान गरेको छ, जसले २५.७ करोड मानिसहरूमा प्रभाव पार्न सक्छ।

डेंगु रोग को हालको अवस्त कस्तो छ त ?

यस वर्ष, १.२७ करोडभन्दा बढी डेंगु केसहरू रिपोर्ट गरिएको छ, तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले वास्तविक सङ्ख्या १० करोडभन्दा बढी हुनसक्ने अनुमान गरेको छ।

डेंगु रोग को समाधान कसरी निकाल्दै छन् बैज्ञानिकहरु  ?

ब्राजिलको नितेरोई सहरमा वोलबाखिया ब्याक्टेरियाले सङ्क्रमित लाल्म्खुट्टे  छोड्दा डेंगु केसहरूमा उल्लेख्य गिरावट देखियो, त्यो पनि  डेंगु प्रकोपको समयमा।  यो समाधानलाई बृहत स्तरमा लैजान ब्राजिल सरकार र अनुसन्धानकर्ताहरू मिलेर काम गरिरहेका छन्।

 

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved