• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


प्रबर्धन सम्बादाता नोवेम्बेर १८ २०२४

: रूसी भूभागमा मिसाइल प्रहार गर्न अमेरिकाको अनुमति, नेटो गठबन्धनको रूससँगको युद्धको संकेत- पुटिन

Card image cap

बाइडेनको अन्तिम महत्त्वपूर्ण निर्णय: युक्रेनलाई रूसी भूभागमा लामो दुरी को मिसाइल प्रहार गर्न अनुमति

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् , यदि युक्रेनले रूसभित्र ATACMS प्रयोग गर्‍यो भने, यसलाई नेटो गठबन्धनको रूससँगको युद्धको संकेतका रूपमा लिइनेछ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी लामो दूरीका मिसाइलहरू रूसी भूभागमा प्रहार गर्न अनुमति दिने ऐतिहासिक निर्णय गरेका छन्। यो कदम बाइडेन प्रशासनको अन्तिम महिनामा, आगामी जनवरी २० मा डोनाल्ड ट्रम्पलाई सत्ताको हस्तान्तरण ठिकअघि आएको छ।

युक्रेनले लामो समयदेखि यस निर्णय का  लागि आग्रह गर्दै आएको थियो। तर बाइडेनले यसअघि अमेरिकाभित्रै कंग्रेस र ब्रिटेनजस्ता सहयोगी राष्ट्रहरूबाटको दबाब हुँदाहुँदै पनि यस विषयलाई  अगाडी बढाएको थिएन। 

यसपाली रुसले  उत्तर कोरियाली सेनालाई आफ्नो युद्धमा सामेल गरेको खबर आएपछि भने , बाइडेनले आफ्ना प्रतिबन्धहरू फुकुवा गर्ने निर्णय गरेका छन्। यो निर्णयले युक्रेनलाई शक्तिशाली आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (ATACMS) प्रयोग गरेर रूसमा प्रहार गर्न अनुमति दिन्छ।

युक्रेनको निरन्तर आग्रह र आशा
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले लगातार अमेरिकी सहयोगको लागि आग्रह गर्दै आएका थिए। उनले केही दिनअघि भनेका थिए, “हामी उत्तर कोरियाली सेनाका शिविरहरू कहाँ छन् भन्ने हेर्दै  छौं। तीलाई रोक्न प्रहार गर्न सक्ने सामर्थ्य हामीलाई आवस्यक छ ।”

बाइडेनको निर्णयले युक्रेनआशा दिएको छ , तर यसको औपचारिक पुष्टि भएको छैन। जेलेन्स्की भन्दैछन , “मिसाइलहरूले आफैं बोल्नेछन्।”

रूसको चेतावनी र नेटोको चुनौती
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् , यदि युक्रेनले रूसभित्र ATACMS प्रयोग गर्‍यो भने, यसलाई नेटो गठबन्धनको रूससँगको युद्धको संकेतका रूपमा लिइनेछ।

युरोपेली देशहरूको प्रतिक्रियामा परिवर्तन आउन सक्ने संकेत
बाइडेनको यो कदमले युरोपेली राष्ट्रहरूलाई पनि आफ्नो नीति पुनर्विचार गर्न दबाब दिन सक्छ । हालसम्म, फ्रान्स र बेलायतले युक्रेनलाई लामो दूरीका मिसाइलहरू उपलब्ध गराए पनि ती रूसभित्र प्रयोग गर्न अनुमति दिएका थिएनन्। 

ट्रम्पको दृष्टिकोण र आलोचना
आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने कुनै विस्तृत योजना नदिएको भए पनि उनले किभलाई आफ्नो केही भूभाग रुसलाई सुम्पन दबाब दिन सक्ने अनुमान गरिएको छ।

उनका छोरा डोनाल्ड ट्रम्प जूनियरले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई व्यंग्य गर्दै भनेका छन्, “तिमीले केहि हप्तामा  आफ्नो भत्ता गुमाउने छौ ।”

यसबीच, रूसले युक्रेनमा ठूलो हमला गरेर ११ जनाको ज्यान लिएको र ऊर्जा पूर्वाधारमा क्षति पुर्‍याएको छ।

भविष्यको अनिश्चितता
बाइडेन प्रशासनले बाँकी $६ अर्ब सहयोग रकम युक्रेनको लागि प्रयोग गर्ने तयारी गरिरहेको छ। तर यो निर्णयले द्वन्द्वलाई कता मोड्नेछ भन्ने अहिल्यै अनुमान लगाउन कठिन छ।

यो  कदम बाइडेनको प्रशासनको अन्तिम महिनामा आएको हो, जहाँ समय सिमित छ, तर एस को असर व्यापक हुनसक्छ। कामना गरौ संसार तेस्रो  विश्वयुद्ध मा न होमियोस। 

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved