• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • उत्कृष्ट पत्रपत्रिका र मिडियाहरुबाट
  • बालबालिका
  • English

2079/10/11


:

प्रेम प्र. आचार्यलाई सहिद घोसणा गर्न राजनीतिक विश्लेषक प्रकाश रायमाझी को अपिल


संसद भवनअगाडि आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यलाई सरकारले तत्काल सहिद घोषणा गर्न बुधबार एक विज्ञप्ति निकाल्दै राजनैतिक विश्लेषक प्रकाश रायमाझीले अपिल गर्नुभएको छ ।

बहुचर्चित राजनैतिक विश्लेषक भन्नुहुन्छ - भवनअगाडि आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यलाई सरकारले तत्काल सहिद घोषणा गरोस ,उनी कायर भयर  होइनन, आत्महत्या गरेको‌।    उनले यो देशको नेपाली हरुले व्यहोरिरहेका पिडाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यानाकृष्ट गर्ने गरी आत्मदाह गरेका छन्। यसलाई आत्महत्या वा अन्य परिभाषा दिन मिल्दैन उनी वीर हुन्। यस्तो  अरु कसैले पनि पीडाहरुले भोग्न नपरोस् भनेर  आफूनो जीवन आहुति दिएका छन्। एउटा वीर युवाले राज्य व्यवस्थाबाट भएका विकृतिहरु को विरुद्ध सार्वजनिक स्थानमा  प्राणको आहुति गर्छ भने ऊ सहिद हुन्छ। यसमा सरकारअत्यन्त संवेदनशील बनोस यस्ता घटना दोहोरिन  नपाओस। आत्महत्या ‌बाट‌‌ आत्मघाती  परिस्थितिमा देश नपुगोस।

Share
Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved