• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

News correspondent-Mangsir 11, 2080


: आचार्य समाजद्वारा जाँजरकोट रुुकुमका भूकम्पपीडितलाई सहयोग रकम संकलन जारी

Card image cap

आचार्य समाजद्वारा जाँजरकोट रुुकुमका भूकम्पपीडितलाई सहयोग रकम संकलन जारी

११ मंसिर, काठमाडौं । आचार्य बन्धु समाज नेपालले जाँजरकोट रुकुमका भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रुपमा रकम संकलन तीब्र बनाएको छ  । समाजले रकम संकलनका लागि आचार्य बन्धु समाज नेपालको खाता बिबरणहरु सार्बजनिक गरेको छ ।
अहिलेसम्म समाजमा भूकम्पपीडितका लागि सहयोग गर्नेहरुको नामावली रकमसहित समाजले सार्बजनिक गरेको छ ।  बिश्वभरका कौडिन्य गोत्रीय आचार्यहरुबाट संकलित भूकम्पपीडितको रकम सार्बजनिक गरेको हो । केहीदिनमा नै नेपाल सरकार तथा सरोकारवाला र  सुरक्षा निकायसंग सल्लाह गरेर भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण गर्ने समाजका केन्द्रीय अध्यक्ष  बाबुराम आचार्यले बताएका छन् ।

जति सकिन्छ सहयोग गरौं, मानवीय कार्यमा ंशंका नरौं भन्ने नाराका साथ समाजले पारदर्शी हिसावले संकलन र बितराण कार्य गर्ने केन्द्रीय सदस्य राजहरी आचार्यले बताए । सिंधुली काठमाडौं सम्पर्क समितिका सभापति एबम् सहयोग संकलन समितिका सदस्य अमृत आचार्यले पारदर्शी तरीकाले पीडितलाई सहयोग गरिने हुँदा उक्त अभियानमा सहभागी हुन बिश्वभरका आचार्यहरुलाई आग्रह गरेका छन् ।  सहयोग गर्न ईच्छुकका लागि समाजको आचार्य बन्धु समाज–नेपालको नाममा हिमालयन बैंक नयाँबानेश्वर साखामा रहेको खाता नम्बर  ०२७०४३२६४४००१३  मा जम्मा गर्न सकिने बताएको छ ।  जम्मा गरेपछि जानकारीका लागिः ९८५१०२७२८३, ९८५१०६८०३२, ९८५१०५१७६३ सम्पर्क गर्न समाजले आग्रहसमेत गरेको छ ।


अहिलेसम्म सहयोग गर्नेको नामावलीः
टिएन आचार्य – ७, ५०० ( संरक्षक)
सीताराम आचार्य  ५००० (बिशिष्ठ सदस्य)
बाबुराम आचार्य– ५००० ( केन्द्रीय अध्यक्ष)
ईन्द्र प्रसाद आचार्यः रु ३३३३ ( केन्द्रीय सचिब)
दिपक आचार्य– ३, १११ ( व्यवशायी)
अर्जुन प्रसाद आचार्य– रु २००५ ( बागमति प्रदेस सहसचिव, आचार्य बन्धु समाज नेपाल )
हरिबोल आचार्य (पुजनीय बुबाआमाका नाममा)ः एक हजार ५००
रामहरी आचार्य– रु १०१०(केन्द्रीय सदस्य)



मनोज आचार्य– १००५ ( सहसचिब नेपाल सरकार )
राजकुमार आचार्य – १००५ ( आचार्य बन्धु समाज नेपाल नुवाकोट सभापति)
घनश्याम आचार्यः रु १००५(बागमती उपाध्यक्ष)
पुरुसोत्तम आचार्यः १००० (नेकपा एमाले ललितपुर अध्यक्ष)
अभयमणि आचार्यः १००० (जिल्ला सदस्य )
रमेश आचार्य ः १००० (बागमति प्रदेश पुर्व सदस्य)
हालसम्म संकलीत रकम– रु.  ३४ हजार ४७४ मात्र

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved