संवादाता
शंकास्पद पाईन्ट, गन्जी र भित्रिवस्त्र सहित तस्करहरु पक्राउ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएका जि.सिन्धुपाल्चोक भोटेकोशी गा.पा.वडा नं. १ का सोम बहादुर बि.क.लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनले लगाएको खैरो रंगको कटनको पाईन्ट र कालो-खैरो छिर्के भित्री वस्त्रको तौल (अन्दाजी तौल १००० ग्राम) अस्वाभाविक देखिएको रएक्सरे मेसिनमा हेर्दा अन्य कपडाको भन्दा फरक किसिमको आकृती देखिएको र उनलाई सोधपुछ गर्दा “सुन सहितको कपडा भएको खुलाएको छ। । सो कपडा लिनको लागि धन बहादुर बि.क. नाम गरेको व्यक्ति आउने” भनि खुलाए पश्चात जि.सिन्धुपाल्चोक भोटेकोशी गा.पा.वडा नं. ५ का धन बहादुर बि.क.लाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले “उक्त सुन सहितको कपडा लैजानको लागि म आएको हुँ” भनि खुलाएका थिए । साथै, सोही एयरको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएका जि.मोरङ पथरी शनिश्चरे न.पा.वडा नं.४ का रिवाज गजमेरलाई समेत सोही स्थानमा चेकजाँच गर्दा उनले लगाई आएको खरानीरंगको कटनको पाईन्ट, खैरो रंगको गन्जी र कालो-खैरो छिर्के भित्री वस्त्रको तौल (अन्दाजी तौल १७०० ग्राम) अस्वाभाविक देखिएको र सोही किसिमको आकृती देखिएको र उनलाई सोधपुछ गर्दा “सुन सहितको कपडा हो भनि खुलाएका थिए । सो कपडा लिनको लागि शेखर नाम गरेको व्यक्ति आउने” भनि खुलाएको र उनी मार्फत शेखर भन्ने व्यक्तिलाई बोलाउँदा जि.सिन्धुली कमलामाई न.पा.वडा नं. ५ का सागर न्यौपाने आएको र उनलाई सोधपुछ गर्दा उनले “उक्त सुन सहितको कपडा लैजानको लागि म आएको हुँ” भनि खुलाएका थिए । प्रहरीका अनुसार सबैलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।