• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

संवादाता


:

छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु !


 हिजो दिउँसो २ बजे मोरङको सुन्दरहरैचा नगरपालिका- ८ सलकपुर चौक स्थित पुर्वपश्चिम लोकमार्गमा प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो क्रस गर्दै गरेका साईकल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिराटचौकले जनाएको छ । त्यस्तै सुनसरीको रामधुनी नगरपालिका- ६ स्थित भित्री सडक खण्डमा प्रदेश १-०२-०४६ प ९०४४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी- ५ झुम्का बस्ने २२ बर्षीय दिपेश चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने मोटरसाईकलमा पछाडी सवार १९ बर्षीय श्रीजल चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न ठक्कर दिने बस र बस चालक सुनसरी धरान- २० का ३६ बर्षीय बल बहादुर लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको र घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved