तस्बिर: रासस
"/>सम्बादाता ११ / १७ / २०२४
कनका सुन्दरी देवी जहाँ अवस्थित हुनुहुन्छ,
यस कनका सुन्दरी मन्दिरको धार्मिक र ऐतिहासिक महत्त्व अपरम्पार छ। यहाँ मध्ययुगका जुम्ला राज्यका (सिन्जा उपत्यका) खस मल्ल राजाहरूका पालादेखि नै नित्य पूजा चल्दै आएको छ। वर्षै पिच्छे परिवर्तन हुने काफ्ले र देवकोटा पुजारीहरुले पालैपालो नित्य पूजा गर्छन् । यस मन्दिरमा चैते दशैं र बडादशमा विशेष भिड लाग्ने गर्छ । मन्दिर परिसरमा मुख्य देवी कनका सुन्दरी देवी का साथसाथै कालिका देवी तथा जालपा देवीको मन्दिर पनि अवस्थित छ । बौद्ध धर्मको पूजास्थल समेत यसै प्राङ्गणमा रहेकोले बौद्ध धर्मसँग सम्बन्धित इतिहास समेत यस मन्दिरसँग जोडिएको देखिन्छ। एस मन्दिर को बारेमा अझै अध्यनहरु हुन आवस्यक देखिन्छ ।
तस्बिर: रासस