सम्बादाता ११/२१ /२०२४
८१ करोडमा बिक्रि भयो भित्तामा टासिएको केरा ! अचम्म मन्नुकी हास्नु ?
अमेरिकाको न्यूयोर्कमा एउटा पर्खालमा टाँसिएको केरा ६.२ मिलियन डलर अर्थात् रु ८१ करोड भन्दा बढीमा बिक्री भएको छ।विवादास्पद र हास्यजनक कलाका लागि पनि परिचित इटालियन कलाकार मौरिजियो क्याटेलानले यो कलाको सिर्जना गरेका हुन्।
२०१९ मा मियामी बिचको आर्ट बेसल शोमा देखाइएको यस कलाले धेरै विवाद उत्पन्न गरेको थियो। यो कलालाई वास्तवमै कला मान्ने कि न मान्ने भन्ने प्रश्न पनि उठेको थियो।
चिनियाँ मूलका उद्यमी जस्टिन सनले बुधबार यो "कलाकृति" ६.२ मिलियन डलरमा खरिद गरे, जुन ५ वर्ष अघि १२०,००० डलरमा बिक्रीमा राखिएको थियो।उनले केराको आयु छोटो भएकाले यस कलाकृतिको प्रमाणपत्र र केरा बिग्रिएपछि बदल्ने निर्देशन मात्र पाएका छन्।