सम्बादाता ११ / २७ / २०२४
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटोक र स्न्यापच्याटजस्ता सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने प्रस्तावित कानुन संसदको तल्लो सदनबाट पारित भएको छ। अब यसलाई माथिल्लो सदन (सेनेट) मा छलफलका लागि प्रस्तुत गरिनेछ।
यो नयाँ कानुन अनुसार, सामाजिक सञ्जाल कम्पनीहरूले १६ वर्षभन्दा कम उमेरका किशोर-किशोरीलाई खाता खोल्नबाट रोक्न "उचित कदम" चाल्नुपर्नेछ। यदि कम्पनीहरूले यो नियम पालना नगरेमा उनीहरूमाथि ५ करोड अष्ट्रेलियन डलर (३२.५ मिलियन अमेरिकी डलर) सम्मको जरिवाना लगाइनेछ।