• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

संवाददाता वैशाख ३१ गते २०८२


:

लड्केश्वर धाम : कालाग्निरुद्र पीठका रूपमा उदाउँदै

Card image cap


पनौती, काभ्रे ।
पनौती नगरपालिका–११ मा अवस्थित लड्केश्वर धाम पछिल्लो समय विश्वकै एकमात्र कालाग्निरुद्र पीठका रूपमा चिनिन थालेको छ । सूर्य पुराणमा उल्लेख भएको यो स्थलमा जनआस्थाबाट पुनर्निर्मित १०८ फिट अग्लो त्रिशूल र १०८ शिवधारा मुख्य आकर्षण बनेका छन् ।

२०८० सालमा राष्ट्रका ७७ वटै जिल्लाबाट भक्तजन सहभागी भएको राष्ट्रिय कोटिहोम सम्पन्न भएपछि धामको महत्त्व अझ बढेको हो । राष्ट्रपतिको सहभागितासहित सम्पन्न कोटिहोमका संकल्पकर्ता श्री मुकुन्द शर्मा हुमागाईंलाई पीठाधीश घोषणा गर्दै धार्मिक नेतृत्वको जिम्मेवारी दिइएको छ ।

धाममा हरेक वर्ष गंगा दशहरा, हरिबोधिनी एकादशी जस्ता विशेष साधना कार्यक्रम गरिन्छ । हालसम्म ६ वटा लक्षहवन सम्पन्न भइसकेका छन् भने २०८३ मा दोस्रो कोटिहोमको तयारी भइरहेको छ ।

धार्मिक, सांस्कृतिक र पर्यटन सम्भावनाले भरिएको लड्केश्वर धाम अब राष्ट्रव्यापी आस्थाको केन्द्रका रूपमा स्थापित बन्दैछ ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved