• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

ओलाङ्चुङ्गोला नाका नखुल्दा

Card image cap

फुङ्लिङ, ८ वैशाख  : ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका तीन वर्ष लागुन्जेल पनि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि टिप्ताला नाका बन्द भएको हो । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो । गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न – नगराउन जानकारी आएको फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो । आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो । वर्षा याममा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भरमा रहने गरेका छन् । वर्षामा बाढीपहिरालगायत कारण स्थानीयवासी सदरमुकाम फुङ्लिङ्सम्म आइपुग्न सक्दैनन् । फक्ताङलुङ—७ ओलाङ्चुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका समुदायको ८० प्रतिशत चीनको बजारमा निर्भर रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म नाका बन्द हुँदा दैनिक जीवनमा आवश्यक खाद्य तथा अन्य सामग्री चीनदेखि आउन बन्द भएको छ । याक, चौंँरीका लागि नुनदेखि अत्यावश्यक खाद्य सामग्रीमा ल्याउन पाइएको छैन ।” नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको वडाध्यक्ष भोटेले बताउनुयो । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने ओलाङ्चुङ्गोला क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो । त्यस्तै समुद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने याङ्माका समुदाय पनि चीनको बजारमा निर्भर हुँदै आएको थियो । लामो समयसम्म पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतदेखि नै याङ्माका समुदाय चीनको बजारमा निर्भर हुँदै आएको थियो । याङ्मा बस्तीमा नाका बन्द भएदेखि उनीहरू नेपाली बजारमा भर पर्न थालेका छन् ।” नाका बन्द भएपछि आर्थिक सङ्कट हुँदै आएको चेम्जोङले बताउनुभयो । चीन यहाँको चौंँरी, याक तथा पशुजन्य खाद्य पदार्थको बजार हो । फक्ताङलुङ –७ वडा कार्यालयका कार्यालय सहायक तेन्जिङ वालुङका अनुसार चौंँरी, याक, घिउ, छुर्पी, याक– चौंँरीका मासु, जमर (याकको पुच्छर) चीनको बजारमा व्यापार हुने गरेको छ । उहाँले भन्नुभयो, “१६ महिनादेखि नाका बन्द भएको छ । चीनसंँग व्यापार चलेको छैन । व्यापार नभएपछि आयआर्जनको बाटो नै बन्द भएको छ ।” पशु व्यवसायदेखि उत्पादित पशुजन्य वस्तुले बजार नपाएपछि पशु व्यवसायी आर्थिक सङ्कटको चपेटामा परेको वालुङले बताउनुभयो । ओलाङ्चुङ्गोलामा बुनिएका गलैंँचाले चीनमा राम्रो बजार लिएको थियो । गलैंँचा बिक्री गरेरै मानिसहरूले राम्रो आयआर्जन गरेका थिए तर तीन वर्षदेखि गलैंँचा घरमै थुप्रिराखेको ओलाङ्चुङ्गोलाबासी लामा भुजुङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा घरमा ५० वटा गलैंँचा थुपारिराखिएको छ । जिल्ला सदरमुका फुङ्लिङ बजारमा लगेर बेचेमा कम मूल्यमा विक्री गर्नुपर्छ । त्यसैले घरमै राखेको छु ।” घर खर्च टार्न उत्पादन गरिएको गलँैंचा सदरमुकाम पु¥याएर उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्न बाध्य भएको शेर्पाले बताउनुभयो । ओलाङ्चुङ्गोलाको नाका हुँदै चीन पठाउन इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादित चिराइतो धेरैअघि ओलाङ्चुङ्गोलामा पु¥याएर राखिएको थियो । लामो समयसम्म नाका बन्द हुँदा फेरि सदरमुकाम हुँदै भारतको सिक्किम पठाउनुपरेको व्यापारी दावाच्युङ्दाक शेर्पाले बताउनुभयो । चीनमा चिराइतो निकासी नभएपछि ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम जिल्लाका चिराइतो कृषक निरास भएको सिरिजङ्घा गाउँपालिका—७ यामफुदिन निवासी मनकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला चिराइतो खोज्दै व्यापारी घरघर आउँथे तर आजभोति त्यसको कुरा गर्ने व्यापारी भेटिँदैन ।” चीनतर्फ चिराइतो निर्यात हुन छाडेसँगै खेती गर्न छाड्दै गएको फक्ताङलुङ –६ निवासी चिराइतो कृषक राजकुमार राईले बताउनुभयो । खाद्य सामग्री ढुवानीको समस्या लामो समय टिप्ताला नाका बन्द हुँदा गोला, याङ्मा, घुन्सा र फलेका साथै फक्ताङलुङ गाउँपालिकाका विभिन्न बस्तीमा बस्ने समुदाय सदरमुकाम फुङ्लिङ बजारमा निर्भर रहनुपरेको छ । सदरमुकामदेखि ओलाङचुगोलासम्म ५० केजी चामल पु¥याउँदा प्रतिकेजी रु सय ढुवानी भाडा पर्न आउँछ । पचास केजी चामल एक बोराको रु पाँच हजार ढुवानी खर्च पर्न आउने फक्ताङलुङ –७ का वडाध्यक्ष शेर्पाले बताउनुभयो । सदरमुकाम फुङ्लिङदेखि एक दिनमा लेलेपसम्म गाडीमा सामान पु¥याउन सकिन्छ । लेलेपदेखि खच्चर र मान्छेले बोकेर ओलाङ्चुङ्गोला, याङ्मा, फले र घुन्सा जस्ता तीन हजार २०० देखि चार हजार ५०० सय मि सम्मको उचाइका बस्तीसम्म खाद्य सामग्री ढुवानी गर्नुपर्छ । सामानमा परेको मोलभन्दा ढुवानीमा तीन गुणा बढी खर्च हुने शेर्पाले बताउनुयो । नाका बन्दा नहुँदासम्म चीनदेखि टिप्ताला नाकासम्म चीनको गाडीले सामान ल्याउने गरेको थियो । सीमा क्षेत्रदेखि आफ्नै याकमा सामान बोकाएर घरसम्म पु¥याइने गरेको शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “चीनदेखि सामान ल्याउँदा ढुवानी खर्च एकदम कम हुन आउँछ, तर सदरमुकामदेखि ल्याउँदा सामानको खरिद मोलभन्दा तीन गुणा बढी खर्च पर्न आउँछ ।” कतिपय परिवारमा सामान ढुवानी गर्न पनि समस्या हुने गरेको शेर्पाले बताउनुभयो । याक वृद्धि याङ्माका कान्दे ग्याबु शेर्पाको दुई वर्षअघि ३२ याक थिए तर अहिले उहाँसंँग बढेर ६४ याक छन् । कोरोनाको कारणले दुई वर्षदेखि चीनतर्फको नाका बन्द भएसंँगै याक चीनका बजारमा बिक्री नहुँदा सङ्ख्या बढ्दै गएको शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन वर्ष भयो, याक बिक्री भएको छैन । कोरोनाका कारणले चीनले नाका बन्द गरेपछि याकका बाछा र याक बिक्री भएको छैन ।” हिमाली क्षेत्रका समुदायले चौँरी याक गोठबाट जीविका गर्दैआएका छन् । फिन्चो शेर्पाको पनि गोठमा तीन वर्षदेखि याक बिक्री भएको छैन । शेर्पाको तीन वर्षअघि २५ याक रहेकामा अहिले ६० हाराहारीमा छन् । याकको पोथीलाई डी र भालेलाई याक भन्नेर छुट्याइने गरेको शेर्पाले बताउनुभयो । समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि पाँच हजार मिसम्मको उचाइ याक र डीको उपयुक्त चरन क्षेत्र हो । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाका फेदीमा याक गोठ पाइन्छ । हिमाली समुदायको प्रमुख पुख्र्याैली पेसाका रूपमा रहेको चौंरी याक विगतदेखि नै चीनका विभिन्न बजारमा बिक्री हुँदै आएको याङ्माबासी टासीफिन्जो शेर्पाले बताउनुभयो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आर्थिक तथा प्राविधिक सहयोगमा याङ्मा क्षेत्रमा चार सय, ओलाङ्चुङ्गोला क्षेत्रमा ४३५ र घुन्सा क्षेत्रमा ३६ याकको बिमासमेत गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयो । चीनका विभिन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङ्माबासी सोनाम शेर्पाले बताउनुभयो । चीनका बजारमा प्रतियाक रु ६० हजारदेखि रु एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको जनाइएको छ । छुर्पी र घिउ प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुने गरेको याङ्माका फिम्जो शेर्पाले बताउनुभयो । कोरोनाका कारणले तीन वर्षयता टिप्ताला नाका र सङ्खुवासभा जिल्लाको किमाथाङ्का नाका बन्द हुँदा हिमाली समुदायको प्रमुख पेसाको साधन चौँरी याक बिक्री नभएको मिक्वाखोला गाउँपालिका—५ पापुङका याक व्यवसायी रिङ शेर्पाले बताउनुभयो । मिक्वाखोला –५ तोक्पेगोला क्षेत्रमा रहेका याक चाँैरीलगायत पशुजन्य वस्तु किमाथाङका नाका हुँदै चीनका विभिन्न बजारमा बिक्री हुने गरेको थियो । तोक्पेकोला क्षेत्रमा ३५ चौँरी याकका गोठ रहेको पापुङका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । तोक्पेखोला क्षेत्रमा दुई हजारभन्दा बढी याक रहेको बताइएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सात गाउँपालिकामा चौँरी याकपालन हुँदैआएको छ । राम्रो मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय याक पालनतर्फ आकर्षित हुने गरेको घुन्साका पेमा शेर्पाले बताउनुभयो । कोरोनाका कारणले चीनमा निर्यात नहुँदा हिमाली क्षेत्रमा याक उल्लेखनीय सङ्ख्यामा वृद्धि हुँदै गएको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताउनुभयो । कहिले खुल्ला नाका सङ्घीय सरकारले किमाथाङ्का र ओलाङ्चुङ्गोला टिप्ताला नाका खुला गर्न परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालयलाई आफ्नो धारणा पठाइएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “चीनबाट पत्रका जवाफमा हिमाली क्षेत्रका कति प्रतिशतले कोभिडविरुद्धको खोप लगाएको छ भनेर सोधिएको थियो । यताबाट ९८ प्रतिशतले खोप लगाएको जवाफ पठाएका छौँ । उताबाट फेरि जवाफ आएको छैन । नाकामा आउजाउ गर्न परराष्ट्र र गृह मन्त्रालयसंँग समन्वय भइरहेको छ । ” एक पक्षले मात्र नाका खुला गरेर नहुने र खुलाउन दुई पक्षको सहमतिमा चाहिने फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताउनुभयो । चीनले आवश्यक सामग्री माग गरेमा सीमा क्षेत्र टिप्तालासम्म पु¥याइदिने तर मान्छे भने आउजाउ गर्न नपाउने त्यहाँका व्यापारीले बताएका छन् । उहाँले भन्नुभयो “चीनका लागि आवश्यक सामग्री सीमा क्षेत्रसम्म पु¥याइदिने गरिएको छ तर हाम्रो सामग्री भने हाल निर्यात नहुने भनिएको छ ।” सामग्रीको पैसा भुक्तानी गरेपछि चीनदेखि आयात हुने तर नेपालको सामग्री भने निर्यात नहुने चीनका अधिकारीबाट जानकारी आएको प्रवक्ता लामाले बताउनुभयो । रासस


Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved