• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

चोभारस्थित सुख्खा बन्दरगाहमा चौध ट्रक भित्रिए

Card image cap

काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राई पोर्ट)मा हालसम्म १४ वटा ट्रक भित्रिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत २२ गते चोभार सुक्खा बन्दरगाहको औपचारिक उद्घाटन गराएका थिए। उद्घाटन भएयता दुई महिनाभन्दा बढीको अवधिमा भारतबाट वीरगञ्ज हुँदै सामान बोकेर आएका ती ट्रक सिधै चोभारमा आएका  छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भर्खरै सञ्चालनमा आएको हुनाले धेरै ट्रक नआएको बताएका  छन्। उनका अनुसार, “एलसी खोलेर सामान आउन तीनदेखि चार महिना लाग्ने हुनाले चोभारमा सामान आउन कम भएको हो।” वीरगञ्ज, विराटनगर वा अन्य क्षेत्रका लागि भनेर आयात प्रतीतपत्र (एलसी) खोलिने र सामान नजिकको भन्सार कार्यालयमा जाँचपास हुन्छन्।  काठमाडौँ तराई द्रुतमार्ग निर्माण सम्पन्न भए तीनदेखि चार घण्टामा वीरगञ्जबाट काठमाडौँमा कन्टेनर आउन सक्ने र चोभार सुक्खा बन्दरगाहको प्रयोग बढ्ने उनले बताएका  छन्। भारत र भारत हुँदै तेस्रो मुलुकबाट आएका सामान वीरगञ्ज भन्सारमा चेकजाँच नभई सिधै चोभारमा आउन सक्ने भएकाले सामान ढुवानीमा लाग्ने समय र लागत बचत हुने बताइएको छ।


Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved