• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

Card image cap

उत्तर कोरियाले बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको सोलको रक्षा मन्त्रालयले जनाएको छ । यस वर्ष प्योङयाङको एक महिना लामो समयदेखि क्षेप्यास्त्र प्रहार रोकिएको बताइएको छ । ‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ,’ मन्त्रालयका एक अधिकारीले एएफपीलाई जानकारी दिएका छन् । उत्तर कोरियाले जनवरीदेखि संयुक्त राष्ट्रसङ्घद्वारा प्रतिबन्ध क्रुज क्षेस्यास्त्र परीक्षण नगरेको योन्हाप समाचार समितिले जनाएको छ । उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक पूर्ण दायरामा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहारसहित जनवरीदेखि नै प्रतिबन्धहरू तोड्ने परीक्षणहरू गरेको छ । रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved