• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


RSS dec12, 2022

: मस्कोद्वारा कोसोभो तनावको 'कूटनीतिक' समाधानको लागि आह्वान

Card image cap

क्रेमलिनले सोमबार कोसोभोमा प्रहरीलाई निशाना बनाएर आक्रमण गरेपछि उत्पन्न भएको तनाव सामान्यीकरण गर्न लागि "कूटनीतिक" पहल गर्न आह्वान गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, "हामी दुवै पक्षहरू संयमित भई शान्तिपूर्ण ढङ्गले वार्ता प्रयास गर्न र यो अवस्थालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने पर्दछ भन्ने पक्षमा छौं।" "हामी सर्बियाका सबै अधिकार सुनिश्चित गर्नका लागि खडा छौं," उनले थपे। ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धको रहेकाले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेना पठाउने आदेश दिएपछि युरोपमा रूसको पक्षमा रहेका केही बाँकी सहयोगीहरू मध्ये सर्बिया एक हो। कोसोभो सन् २००८ मा सर्बियाबाट स्वतन्त्रत भएको घोषणा गरेको थियो । यद्यपि बेलग्रेडले यसलाई मान्यता दिन इन्कार गरेको छ र उत्तरी कोसोभोमा रहेका बहुसङ्ख्यक जनतालाई प्रिस्टिनाको अख्तियारको अवहेलना गर्न प्रोत्साहित गर्दै आएको छ । अज्ञात आक्रमणकारीहरूले प्रहरी लक्ष्यित आक्रमण गर्न थालेपछि पछिल्लो समय उत्तरी कोसोभोमा तनाव बढेको । पूर्व प्रहरी अधिकारीको गिरफ्तारीमा आक्रोशित सयौं सर्बहरूले सडक अवरोधहरू जारी राखेका छन् । -----

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved