• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


प्रबर्धन संवादाता

: उत्तर कोरियाको जासुसी उपग्रह सञ्चालकले सेनालाई निष्कर्ष रिपोर्ट गर्ने

Card image cap

उत्तर कोरियाको हालै प्रक्षेपण गरिएको जासुसी उपग्रहको सञ्चालन गर्ने कार्यालयले सैन्य जासुसी संस्थाका रूपमा काम गर्ने सरकारी मिडियाले आइतबार बताएको छ । प्योङयाङले गत महिना एउटा सैन्य जासुसी उपग्रह अन्तरिक्ष कक्षमा सफलतापूर्वक स्थापना गरेको थियो । त्यसयता उक्त उपग्रहले अमेरिकी र दक्षिण कोरियाली प्रमुख सैन्य स्थलहरूको तस्बिर उपलब्ध गराइरहेको उसले दाबी गरेको छ । उत्तर कोरियाले आफ्नो स्वामित्वमा रहेको दाबी गरेको उपग्रहबाट प्राप्त कुनै पनि तस्बिर अहिलेसम्म सार्वजनिक गरेको छैन । यद्यपि उसले शनिबार उसको अन्तरिक्ष सम्पत्तिमा हुने कुनै पनि हमलालाई ‘युद्धको घोषणा’ मानिने चेतावनी दिएको छ । आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले नयाँ स्थापना गरिएको उपग्रहको सञ्चालन कार्यालयले डिसेम्बर २ (शनिबार) मा आफ्नो मिसन सुरु गरेको र यसले ‘स्वतन्त्र सैन्य जासुुसी संस्था’ का रूपमा काम गर्ने बताएको छ । कार्यालयले प्राप्त जानकारी सेना र अन्य प्रमुख एकाइरूमा अनुगमन ब्यूरोलाई रिपोर्ट गर्ने पनि केसिएनएले उल्लेख गरेको छ । उत्तर कोरियाको रक्षा मन्त्रालयले आफ्नो युद्ध प्रतिरोधलाई व्यक्त गर्दै ‘अधिक उत्तम सैन्य मुद्रा ग्रहण’ गर्ने बताएको समाचारमा उल्लेख छ । उत्तर कोरियालाई संयुक्त राष्ट्रसङ्घका प्रस्तावहरूको लगातारको चरणमा ब्यालिस्टिक प्रविधि प्रयोग गरेर परीक्षण गर्न रोक लगाइएको छ । विश्लेषकहरूले अन्तरिक्ष प्रक्षेपण क्षमता र ब्यालिस्टिक क्षेप्यास्त्रको विकासबीच महत्त्वपूर्ण प्राविधिक ओभरल्याप रहेको बताएका छन् । विशेषज्ञहरूका अनुसार जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा सफलतापूर्वक स्थापना गरेपछि विशेषगरी दक्षिण कोरिया तथा कुनै पनि सैन्य सङ्घर्षमा महत्त्वपूर्ण तथ्याङ्क प्राप्त गर्ने दिशामा उत्तर कोरियाको जासुसी जानकारी एकत्रित गर्ने क्षमतामा सुधार हुनेछ । उत्तर कोरियाको मल्लिगयोङ–१ को प्रक्षेपणको दुई वटा असफलतापछि यस्तै प्रकारको उपग्रहलाई अन्तरिक्ष कक्षमा स्थापना गर्ने तेस्रो प्रयास सफल भएको हो । युक्रेनसँग रुसको युद्धमा प्रयोगका लागि हतियारको आपूर्तिको बदलामा उत्तर कोरियालाई मस्कोबाट प्राविधिक सहयोग प्राप्त भएको सोलले बताएको छ ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved