• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: तीन वर्षको जेल बसाइपछि स्वदेश फिर्ता !

Card image cap

भेनेजुएलाका कूटनीतिज्ञ एलेक्स साब संयुक्त राज्य अमेरिकामा तीन वर्षभन्दा लामो जेल जीवन बिताएर स्वदेश फर्किनुभएको छ । “भेनेजुएलाको सरकारले हाम्रा कूटनीतिज्ञ एलेक्स साबको रिहाई र स्वदेश फिर्तापछि खुशी व्यक्त गरेको छ । उहाँलाई आजसम्म अन्यायपूर्ण तरिकाले अमेरिकी जेलमा राखिएको थियो,” सञ्चार र सूचना मन्त्री फ्रेडी नानेजले एक्स (ट्वीटर) मा उल्लेख गर्नुभएको छ । सरकारको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “साबलाई अमेरिकी सरकारले एकतर्फी बलप्रयोग वा प्रतिबन्धको सामना गरिरहेका भेनेजुएलाका नागरिकको ‘सामाजिक अधिकारको रक्षा’ गर्ने प्रयासका कारण निशाना बनाएको थियो ।” विज्ञप्तिमा भनिएको छ, “मानव अधिकार र कूटनीतिक उन्मुक्ति प्रदान गर्ने संयुक्त राष्ट्रसंघीय भियना कन्भेन्सनको उल्लङ्घन गरी उहाँलाई क्रूर, अमानवीय र अपमानजनक व्यवहारअन्तर्गत साढे तीन वर्ष गैरकानुनी रूपमा थुनामा राखिएको थियो । देशले उहाँको रिहाइ र स्वदेश फिर्तालाई गर्वका साथ स्वागत गर्दछ ।” सन्देशमा सञ्चारमन्त्री नानेजले काराकासले भेनेजुएलाका सबै जनताविरुद्ध अमेरिकी सरकारले लगाएको आपराधिक नाकाबन्दीको निश्चित, तत्काल र निःशर्त अन्त्य गर्न पनि माग गर्नुभएको छ । साबलाई सन् २०२० को जुन १२ मा केप भर्डमा अन्तर्राष्ट्रिय आपराधिक प्रहरी सङ्गठन (इन्टरपोल) ले गिरफ्तार गरेको थियो र अक्टोबर २०२१ मा भेनेजुएला सरकारले उहाँको गिरफ्तारीलाई ‘अपहरण’ को संज्ञा दिएको थियो । उहाँलाई संयुक्त राज्य अमेरिका लगेको थियो । उहाँको गिरफ्तारीपछि काराकास मेक्सिकोमा भेनेजुएलाको विपक्षीहरूसँगको वार्ताबाट पछि हटेको थियो ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved