• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


प्रवर्धन संवादाता, पौष १८गते २०७६

: अमेरिकाको हवाई हमलामा ,इरानका शक्तिशाली जनरलको मृत्यु

Card image cap

अमेरिकाको हवाई हमलामा परी इरानका शक्तिशाली जनरल क्वासेम सुलेमानि को मृत्यु भएको छ। आत्मरक्षाका लागि गरिएको भनिएको यस हमला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाे निर्देशनमा भएको बताइएको छI अमेरिकन हवाई सेनाले बागदाता अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति हमला गर्दा उनको ज्यान गएको हो। क्वासेम सुलेमानि धेरै अमेरिकीहरूको हत्या र अमेरिकीहरु घाइते हुनुमा जिम्मेवार रहेको तथा उनले फेरि पनि अमेरिकामाथि हमला गर्ने योजनाहरू बनाइरहेका हुनाले उनीमाथि आक्रमण गरिएको अमेरिकाले बताएको छ। मध्यपूर्वको शक्तिशाली जनरल का रूपमा परिचित सुलेमानी इरानियन रिभोलसनरी गार्ड कोर्प्स क्वाड्स फोर्स का प्रमुख हुन र उनको हत्याले ठूलो सैन्य टकराव हुनसक्ने समेत जानकारहरु बताइ रहेकाछन् । बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट व्यक्तिहरुको चढेको गाडीलाई निसाना बनाई अमेरिकाले हानेको रकेटले उनीसहित इरानी मिलिसिया कमान्डर अबु महदी अल मुहान्दीस्‌को समेत ज्यान लिएको छ । यसअघि २००६ , २०१२ र २०१५ मा पनि उनको मृत्यु भएको खबर आए तापनि ती खबरहरु झुटा साबित भएका थिए ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved