प्रबर्द्धन सवाददाता २०७६ पुस २४ गते त
मिसाइल प्रहार गरी युक्रेनियन जहाज खसालेको दाबी ! इरानमा भएको विमान दुर्घटना बारे नयाँ तथ्यहरु बाहिरिएका छन्। इरानका स्थानीय एक्टिभीस्टले मिसाइलको टुक्रा भनि सामाजिक सञ्जालमा फोटो प्रकाशन गरेका छन् जसले इरान लगायत दुर्घटना सँग सम्बन्धित राष्ट्रहरुमा नयाँ तरंग प्रवाह गरेको छ भने अमेरिकाले यसलाई विमानको खराबीका कारण स्वरूप भएको दुर्घटना भन्ने कुरामा नै जोड दिएको छ। अनलाइन रिपोर्टहरुमा घटनास्थलमा रसियन मिसाल का टुक्रा जस्तो वस्तु देखिएको खबर आएपछि युक्रेनियन विशेषज्ञ अनुसन्धानकर्ताहरुले विमानको सम्भावित खराबीका साथसाथै मिसाइल आक्रमणको सम्भावनालाई समेत अनुसन्धान क्रममा महत्व दिइने बताएका छन्। विमान जमिनमा झर्नु अघि नै आकाशमै आगलागी भएको तथ्यलाई समेत मध्यनजर राखी उक्त कुराहरु आएका हुन्। बिहिबार युक्रेनका ४५ विशेषज्ञ अनुसन्धानकर्ताहरूको टोली दुर्घटनाको अनुसन्धान तथा ११ युक्रेनियन नागरिकहरूको पहिचान समेतका लागि बिहीबार इरान पुगेको छ । यसैक्रममा युक्रेनियन सेक्युरिटि तथा डिफेन्स काउन्सीलले सम्भावित रसियन मिसाइल आक्रमणबारे आफूहरु अनुसन्धान गर्न इच्छुक रहेको सामाजिक संजालबाट बताएका छन् भने युक्रेनले आफ्ना सबै अन्तर्राष्ट्रिय उडानहरुलाई इरान र इराकको आकाशमा उड्न बन्देज लगाएको छ । बुधबार इरानबाट उडान भरेको बोइङ ७३७ धरती छोडेको दुई मिनेटमा नै दुर्घटनाग्रस्त भएको थियो उक्त विमानमा सवार सबै १७६ यात्रीहरूको मृत्यु भएको थियो ।