• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


प्रवर्धन संवादाता, पौष २६गते २०७६

: इरानले स्वीकार्यो युक्रेनियन विमान खसालेको कुरा !

Card image cap

इरानले स्वीकार्यो युक्रेनियन विमान खसालेको कुरा ! बुधबार इरानबाट उडान भरेको जहाज धरती छोडेको दुई मिनेटमा नै दुर्घटनाग्रस्त भएको समाचार आएको थियो भने बिहीबार इरानका स्थानीय एक्टिभिस्टले उक्त जहाज दुर्घटना ग्रस्त नभई मिसाइल प्रहार गरी खसालिएको कुरा सामाजिक सञ्जालमा राखेपछि यससम्बन्धमा निकै टिकाटिप्पणीहरु भएका थिए जसको साथसाथै रूसी मिसाइलको टुक्राको फोटो समेत सामाजिक संजालहरुमा राखिएका थिए । यस कुराको गम्भीरतालाई मध्यनजर राख्दै युक्रेनबाट आएका बिज्ञ अनुसन्धान टोलीले समेत मिसाइल आक्रमणको सम्भावनालाई समेत ध्यानमा राखी अनुसन्धान गर्ने बताएका थिए । त्यसलगत्तै सीएनएन लगायत अन्तर्राष्ट्रिय मिडियाहरुले मिसाइल प्रहार गरी विमान खसालिएको फुटेज देखाएको थियो तथापि एकीनका साथ उक्त कुरालाई लिन भने सकेका थिएनन् । विविध पक्षबाट अनुसन्धान भइरहेकै अवस्थामा इरानले उक्त विमान आफूले मिसाइल प्रहारगरी खसालेको स्वीकार गरेको छ । इरानले उक्त घटना मानवीय त्रुटि को कारण भएको र घटनामा मृत्यु भएका नागरिकहरूको राष्ट्रसँग समेत क्षमायाचना गरेको छ । विज्ञप्तिमा भनिएको छ उक्त जहाजलाई इरानले नियतवश प्रहार गरेको होइन । यस विषय बाहिर आएपछि अन्तर्राष्ट्रिय रूपमा रन्को यस कार्यको निन्दा भइरहेका छन् भने घटनाबाट पीडित राष्ट्रहरूले यसलाई कसरी लिने छन् र कस्तो कदम चाल्ने छन् भन्ने कुरा बुझ्न विश्व समुदाय उत्सुक छन् ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved