प्रबद्धन संवाददाता २०७६ पुस ३०
रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेव लगायत संपुर्ण मन्त्रिमण्डलले राजीनामा दिँदै छन् । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनको संवैधानिक सुधारका लागि बाटो प्रशस्त गर्न संबैधानिक अधिकार प्रयोग गर्दै सरकारले राजिनामा दिने कुरा प्रधानमन्त्रिले आफ्ना वक्तवयमा उल्लेख गरेका छन भने राष्ट्रपति पुटिनले प्रधानमन्त्री पदका लागि कर प्रमुख मिशुष्टिनको नाम पेश गरेको समाचार छ । पुटिनले मन्त्रिमण्डलका सदस्यहरुलाई कामा का लागी धन्यवाद दिए भने मंत्रिमण्डलले सबै लक्ष्यहरू पूरा गर्न भने सफल नभएको जिकिर गरे। रूसी मिडियाहरुका अनुसार पुटिनका पुराना सहयोगीका रुपमा चिनिने मेदवेदेवलाई राष्ट्रपति सुरक्षा परिषद्को उपाध्यक्षमा मनोनयन गर्ने योजना पुटिनले बनाएका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनको यस कदमलाई पुटिनको शक्ति बृद्धि गर्ने तथा वर्तमान कार्यकालको समाप्ती पश्चात पनि सत्तामा रहने प्रयोजनका रूपमा विश्लेषण गरिएक छन्।