• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


प्रबर्द्धन सबाददाता फागुन १९ गते २०७६

: अमेरिकाले रोक्न सकेन कोरोनाभाइरसलाई !

सोमबार बिहान सम्म ८९ केसहरु पहिचान गरिएका छन् ।

अमेरिकाले रोक्न सकेन कोरोना संक्रमण । अनेक सतर्कताका बाबजुद अमेरिकामा नोवेल कोरोनाभाइरस को विस्तार बढेको छ । हप्ताभरकै अवधिमा दुई दर्जन नयाँ कोरोना संक्रमणका केस देखापरेका छन् अमेरिकामा । वासिङ्गटन प्रदेश न्यूयोर्क फ्लोरिडा, ओरगन र रोडे लगायतका क्षेत्रमा नयाँ केशहरु देखापरे पश्चात शुक्रबार ६५ केस भनिएकोमा सोमबार बिहान सम्ममा ८९ केसहरु पहिचान गरिएका छन् । त्यसलगत्तै फ्लोरिडा र वासिङ्गटन प्रदेशमा आपतकाल घोषणा गरिएको छ भने संक्रमण फैलिएका शंकाका आधारमा केही शिक्षण संस्थाहरुमा समेत बिदा दिई संक्रमण मुक्त गर्ने कार्य जारी राखिएको छ । इटली चीन दक्षिण कोरिया लगायतका देशहरुबाट भ्रमण पश्चात फर्किएका अमेरिकीहरुमा संक्रमण देखिदा साधारण रुपमा लिइएकोमा हाल अमेरिकाका किंग काउन्टी जस्ता क्षेत्रहरुमा कतै भ्रमण नगरेका र कुनै संक्रमित व्यक्तिसँग सम्पर्कमा समेत नआएका व्यक्तिहरुमा समेत संक्रमण पुष्टि भए पश्चात अमेरिका झस्किएको छ ।उदाहरणका लागि किर्कल्याण्ड लाइफ केयर सेन्टर मा देखिएको हो संक्रमणलाई लिन सकिन्छ । यस नर्सिङहोममा भर्ना गरिएका ७० वर्षे बिरामी र नर्सिङहोम कै ४० बर्षे कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पश्चात त्यस नर्सिङहोममा ५० का हाराहारीमा रहेका बिरामीमध्ये अन्यमा समेत भाइरस संक्रमणको लक्षण देखिएपछि केहीलाई क्वारेन्टाइन तथा कडा निरीक्षणमा राखिएको थियो भने केही दिनसम्म बिरामीका आफन्तलाई समेत भेट्न दिइएको थिएन । यहाँ संक्रमित व्यक्तिहरु न कुनै विदेश भ्रमणबाट फर्केका थिए न नै कुनै संक्रमित व्यक्तिका सम्पर्कमा थिए । यस्तो अवस्थामा कसरी संक्रमण फैलियो भन्ने कुराले अमेरिकी प्रशासनलाई एकातिर अचम्मित तुल्याएको थियो भने अर्कोतिर कैयन संख्यामा बिरामीलाई भेट गरी फर्केका व्यक्तिहरूबाट समेत संक्रमण फैलन सक्ने त्रास फैलिएको थियो । यसैक्रममा संक्रमण पुष्टि हुनु अघि उक्त नर्सिङ होममा शैक्षिक कार्यक्रम अन्तर्गत भ्रमण गरेका "लेक वासिङ्गटन इन्स्टीच्युट अफ टेक्नोलोजी" का १७ नर्सिङका विद्यार्थी तथा ४ शिक्षण संस्थाका सदस्यहरुले भ्रमण गरेकोमा संक्रमित संक्रमित नर्सिङहोम बाट उनीहरुले आफ्ना शिक्षण संस्थामा समेत संक्रमण फैलाएको अनुमान लगाइएको थियो ।विद्यार्थीहरुले नर्सिङहोम बाट आएर आफ्ना शिक्षण संस्थामा अन्यसँग समेत सम्पर्क गरेको कुरा उक्त शिक्षण संस्थाका पदाधिकारीले समेत स्वीकार गरेका छन् । यस लगत्तै उक्त संस्थामा बिदा गरी संक्रमण मुक्त गर्न सरसफाईको कार्यक्रम गरिएको थियो भने विद्यार्थीहरुलाई संक्रमण फैलिएको नफैलिएको बारे जानकारी लिने क्रमलाई अगाडि बढाईरहेको पदाधिकारीले बताएका छन् । यस्ता घटनाले बाहिरबाट मात्र नभई अमेरिकाका भित्रैबाट समेत संक्रमण फैलिएको पुष्टि भएको छ ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved