प्रवर्धन संवादाता । ३ साउन २०७८, आइतवार
अमेरिकाको मिशिगन स्थित मिशिगन स्टेट विश्व विद्यालयका वैज्ञानिकहरुले १४२ वर्ष पुरानो बीउ उमार्न सफल भएका छन्। वैज्ञानिकहरूको यो अनुसन्धानले बीउहरु कति लामो समयसम्म उपयोग गर्न सकिन्छ बुझ्न खोजेका थिए। हालसम्म १३ ओटा बीउमा पालुवा पलाएको छ। वर्षौ अगाडि वनस्पतिविद् विलियम जेम्स बेलले मिशिगन स्टेट विश्व विद्यालयमा २० ओटा बोत्तलमा २१ प्रजातीको हरेकमा ५० बीउहरु, जम्मा १०५० प्रतिबोतल बीउ राखी, हरेक पाँच वर्षमा एउटा बोतल अनुसन्धानको लागि रोप्ने सोच बनाएका थिए।वनस्पतिविद् विलियम को सेवानिवृत्ति पछि एच.ती. डार्लिङटनले सो अनुसन्धानको जिम्मा लिएका थिए।
यसरी सुरुवात भएको सो अनुसन्धान १९२० आएर ५-५ वर्ष को ठाउँमा १०-१० वर्षमा बीउ रोप्ने र फेरि १९९०मा वर्ष आएर हरेक २० वर्षमा बीउ रोप्ने चलन चलाइएको थियो। सो अनुसार २०२० मा कोरोनाको महामारीले गर्दा अनुसन्धान निरन्तरता दिन नसकेपछि २०२१ मा यो अनुसन्धान गरिएको हो।