प्रवर्द्धन संवादाता 2078/11/25
अमेरिकाले रुसमाथिको आर्थिक बन्दिलाई अर्को चरणमा पुर्याएको छ। बाइडनले रुसवाट अमेरिका भित्रने तेल आपुर्तीमा पूर्णतह बन्देज लगाएको छ। भर्खरै बेलायतका प्रधान मन्त्रि बोरेस जोन्सनले समेत २०२२ को अन्त्य सम्ममा बेलायतले तेल आपूर्तीका निमित्त रसिया बाहेकको विकल्प खोज्ने र रसियावाट तेलआपुर्ति पुर्णतह बन्द गर्ने बताएका थिए। बाइडनले तेलआपुर्तिमा बन्देज लगाए पश्चात अमेरिकामा तेलको भाउ भने बढ्न थालेको छ। २२ को अन्तसम्ममा तेलको भाउले यही अवस्थामा आकाश छुने विश्लेषकहरुको अनुमान छ।