• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार रहेको जेलेन्स्कीको भनाइ।

Card image cap

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न तयार रहेको बताउनुभएको छ । यद्यपि यूक्रेनले तटस्थताका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने शर्त राखेको छ । जेलेन्स्कीको उक्त भनाइ स्वतन्त्र रूसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको बीबीसीले जनाएको छ । यूक्रेनी राष्ट्रपतिले रूसी हमलाले युक्रेनको रूसी भाषा बोलिने शहरहरू पनि ध्वस्त पारेको बताउनुभएको थियो । युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुनेछ । त्यस्तै यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी मागलाई स्वीकार गर्न नसकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “अवश्य हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ ।” रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved