• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: रुसले १५ वटा पश्चिमा गैरसकारी संस्थालाई बन्द गर्ने

Card image cap

रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ । रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघ महासभाले यूक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लंघन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसंघीय मानव अधिकार नियोग (युएनएचसिआर) बाट निलम्बित गरेको छ । जवाफमा रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो । रूसको कानुन उल्लंघन गरेकाले ती संस्थाहरु बन्द गर्ने निर्णय गरिएको रूसी न्याय मन्त्रालयले जनाएको छ, तर कुन कानुन कसरी उल्लंघन गरे भन्ने खुलाएको छैन । एमनेन्स्टी इन्टरनेशनलकी निर्देशक एग्नेस कालामार्डले सत्य बोलेका कारण रुसले आफूहरुलाई निशाना बनाएको बताउनुभएको छ । तर सत्य बाहिर ल्याउने कार्यमा आफूहरु थप सक्रिय भएर लाग्ने उहाँले उल्लेख गर्नुभयो । रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved